९९ औ जन्मोत्सव मनाउदै शताब्दीपुुरुष

काठमाडौ, ३० बैशाख— शताब्दीपुरुष संस्कृति विद् सत्यमोहन जोशी आईतबार ९९ औ जन्मोत्सव मनाउदै  छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उनको निवास पुगी जन्मदिनको शुभकामना दिए । उनले जोशीलाई दोसल्ला ओढाई सम्मानका साथ उपहार पनि दिए ।
९९ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन आईतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण , शुभचिन्तक , इष्टमित्रहरु पुगेका थिए ।
९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो । ९९ औं जन्मदिवस मनाईरहदा आफूले अहिलेसम्म कुनै पनि औषधी प्रयोग गर्नु नपरेको भन्दै जोशीले खुसी व्यक्त गरे।
बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा वि.स. १९७७ बैशाखमा ललिपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संकृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन्। उनले त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गरेका थिए। उनी २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक बनेका थिए।
तीन पटक सम्म मदन पुरस्कार पाएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५ , काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव ५० कृति प्रकाशित छन् ।