प्यूठानको बडडाँडामा बस दुर्घटना, ५ जनाको मृत्यु

वैशाख ३०,काठमाडौ— प्यूठान जिल्लाको बडडाँडामा यात्रु वाहक बस आइतवार विहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको ना ४ ख १८७६ नम्बरको बस प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ३ महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानल जानकारी दिएको छ ।