राष्ट्रिय पत्रकारिता पुरुस्कारबाट ७ जना पत्रकार सम्मानित



काठमाडौं, २४ बैशाख   सरकारले प्रदान गर्ने यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट डा. महेन्द्र विष्ट र डा. राजेश अहिराज सम्मानित भएका छन् । सोही अवरसमा वरिष्ठ पत्रकार पुरस्कारवाट बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकी सम्मानित भएका छन् ।  तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनिहरुलाई सो पुरस्कार वाट सम्मान गरेकी हुन् ।
सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।