धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौ, २४ बैशाख —हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।
आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहार गर्ने आचार्यका अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका(५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि टोलीले पक्राउ गरेको हो ।