पेट्रोल, डिजल र मट्टितेलमा फेरी मूल्यवृद्वि

बैशाख २०,काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । बिहिबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्वि गरेको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ९० पुगेको छ । खाना पकाउने ग्याँसको भाउ भने यथावत रहेको निगमले जनाएको छ । भारतिय आयल निगमले पठाएको पछिल्लो मुल्य सूचि अनुशार इन्धनको मुल्य वढेर आएकाले नेपालमा पनि मुल्यवृद्धि गर्नु परेको आयल निगमले जनाएको छ ।
रासस