काठमाडौ — ईन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबाद र किङ्स ११ पञ्जाबबीच आज प्रतिस्पर्धा हुने भएको छ ।खेल राजिव गांधी अन्तर्राष्ट्रिय स्टेडियम हैदरावादमा नेपाली समय अनुसार राती सवा ८ बजे हुनेछ ।
६ खेलमा ५ जितका साथ पञ्जाब दोस्रो स्थानमा रहेको छ । चेन्नई र पञ्जाबको समान १० अंक रहको छ भने तेस्रो स्थानको हैदराबादको ८ अंक छ । हिजो भएको खेलमा महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरी पुनः शीर्षस्थानमा उक्लेको छ ।
छैटौं खेलमा चेन्नईको त्यो पाँचौ जित थियो । छैटौं खेलमा बैंगलोरको भने त्यो चौथो हार थियो । २ सय ६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरको खेलमा २ बल बाँकी रहँदा ५ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।