एकता प्रक्रियाको अन्तिम लडाईंमा उत्रन कार्यकर्तालाई प्रचण्डको आव्हान

वैशाख १३, काठमाडौ–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताउनु भएको छ । रौतहट जिल्लाको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै दाहालले एकता सिंगो देशको चाहना भएको बताउनु भयो । तर, सम्मानजनक एकता गर्न सक्नु नसक्नु चुनौति रहेको प्रष्टाउनु भयो ।
दुई पार्टी एकताको सवाल जनताबाट अनुमोदित भइसकेको हुदाँ यसमा ढिला गर्नु नहुने अध्यक्ष दाहालले बताउनु भयो । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउदै उहाँले भोलीसम्म पार्टी एकताको कामलाई अन्तिम रुप दिने बताउनुभयो ।
एकता भाँड्न विदेशी शक्ति पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उहाँको भनाई थियो ।