दुई सयौँ भानु जयन्ती स्वदेश तथा विदेशमा मनाइदै

असार २९, काठमाडौँ –

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।    आज मनाउदै गरिएको भानु जयन्ती दुईसयौँ भानु जयन्ती हो । नेपाली साहित्यका मुर्धन्य स्रष्टा आचार्यको सम्झनामा आज स्वदेश तथा विदेशमा बिबिध कार्यक्रम गरी उनको स्मरण गरिदैछ ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको छ । समितिले आज नैसमितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरेबापत विभिन्न व्यक्तित्वलाई ‘भानुभक्त स्वर्णपदक’ समर्पण गर्दैछ ।
विसं १८७१ असार २९ गते आजकै दिन तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । आर्चायका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ ( १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।