प्रहरीका आइजिपीसहित ३० उच्च अधिकृतको अवकाश

चैत २९ , काठमाडौं  –  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च अधिकृतहरुले हिजो अवकाश पाएका छन् । उनीहरुलाई संगठनले बिदाइ गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाएका छन् । नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई इन्चार्ज बुझाएर अर्याल बिदा भएका हुन् ।
एआइजीहरु जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, बिजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा र मधु पुडासैनीले अनिवार्य अवकाश पाउनुभएको हो ।
त्यस्तै,
डिआइजीहरु गणेश केसी, भोगबहादुर थापा, केदारमानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गोविन्द निरौला र एसएसी बिष्णुहरि गौतमले पनि अवकास पाएका छन् ।
उहाहरु २०४४ साल चैत २८ गते एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गर्न‘भएको थियो । प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उहाहरुलाई फूलमाला लगाएर बिदाइ गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठ र एआइजीहरु प्रेम शाही र प्रकाश ओझाको पनि संगठनले बिदाइ गरेको छ ।