चैत २९ , काठमाडौं – मिस नेपाल २०१८ को उपाधि हेटौडाकी श्रीङ्खला खतिवडाले हात पारेकी छिन् । । राजधानीमा राति सम्पन्न भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्याइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । श्रीङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटीको पनि उपाधि हात पारिन् । मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख भइन् ।