प्रधानमन्त्री ओली आज स्वदेश फर्किने

चैत्र २५, काठमाडौ–नयाँ सरकारको नेतृत्व गरे संगै पहिलो पटक भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्किनुहुने भएको छ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओली उत्तराखण्डको पन्त नगरस्थित गोविन्द बल्लभ पन्तक कृषि विश्वविद्यालयको भ्रमणमा जानु भएको छ । त्यहाँबाट नयाँ दिल्ली फर्किएर ओली आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि भारतमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपतिलगायतसँग भेटवार्ता गर्नु भएको थियो । साथै भारतमा रहेको नेपाली प्रतिनिधि मण्डलले विभिन्न विषयमा भारत सरकारसँग सहमति गरेको थियो । रक्सौल–काठमाडौं रेलमार्ग, नेपाललाई समुद्रसँग जोड्ने जलमार्ग, कृषिमा साझेदारी लगायतका विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चैत २३ गते भारत भ्रमणमा जानु भएको हो ।