क्रिकेट रंगशाला बनाउन धुर्मसलाई भरतपुर महानगरले जग्गा दिने

चैत्र १९,चितवन – अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । लर्ड बुद्ध क्रिकेट रंगशाला बनाउन आवश्यक पर्ने जग्गाको खोजी भईरहेका बेला भरतपुर महानगरपालिकाले जग्गा दिने घोषणा गरेको हो ।

महानगरले जग्गा मात्रै नभएर क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक र भौतिक पनि सहयोग गर्ने घोषणा गरेको छ । भरतपुर महानगरकी मेयर रेणु दाहालले चितवनमा पायक पर्ने धेरै ठाउँहरु रहेको भन्दै धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गरेकी हुन् । जग्गा उपलब्ध गराउन भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनलाई पत्र लेख्ने भएको छ ।