कप्तान सोमपाल कामी चम्किएपछि डीपीएलमा धनगढी ३ विकेटले विजयी

चैत १९,कैलाली – कप्तान सोमपाल कामीले आक्रामक ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिग क्रिकेटमा टीम चौराहा धनगढीले सीवाइसी अत्तरियालाई ३ विकेटले हराएको छ ।

१ सय ५१ रनको लक्ष्य धनगढीले ७ विकेट गुमाएर भेट्टाएको हो । धनगढीका लागि कप्तान सोमपाल कामीले मात्र १५ बलमा ३८ रन बनाए । यस्तै रोहन मुस्तफाले  ४० रन बनाए । टस हारेर पहिले ब्याटिङ्ग गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।

अत्तरियाका लागि विपिन चन्दले नटआउट २८, प्रेम तामाङले २८ र कुशल भुर्तेलले २५ रन बनाए । धनगढीका ललितसिंह भण्डारीले ३ तथा रोहन मुस्तफाले २ विकेट लिए ।