अर्थ मन्त्रालयद्धारा श्वेतपत्र जारी : सरकारको ढुकुटी रित्तीदै

चैत, १६ काठमाडौं—अर्थ मन्त्रालयले मुलुकको हालको आर्थिक अवस्था जानकारी गराउदै शुक्रबार श्वेतपत्र जारी गरेकोछ । अर्थमन्त्री डा. युवराज खतिवडाले नया बजेट निर्माणको तयारी हुनु भन्दा अघि नै १५ पन्ने श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रका अनुसार नेपालको अर्थतन्त्र यतिबेला अत्यन्त नाजुक अवस्थामा रहेको उल्लेखछ ।
श्वेतपत्र औल्याउदा सरकारी ढुकुटी रित्तो देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्वेतपत्रमा स्वीकार गरेको छ कि मुलुकको ढुकुटी रित्तिएको भनेर । यस्तो हुनुको कारण बजेट अनुशासन उल्लंघन भएकोले सरकारी ढुकुटी लगभग रित्तिएको बताइएकोछ । १२ खर्ब ७८ अर्बको बजेट चालु आर्थिक वर्षका लागि ल्याएको सरकारले करिब दुई खर्ब स्रो अभाव हुने यसअघि नै आंकलन गरेको थियो । हाल सम्म सरकारले ४ खर्ब ५२ अर्ब रुपैया राजस्व मात्र संकलन गरेको छ ।