नेपालमा कस्ता प्रजातीका वाख्रा पालिएका छन । वाख्रा पालनमा ध्यान दिने विषय के के हुन ? यि र यस्तै विषय वारे जानकारी लिन यो लेख उपयोगी छ ।
====================================
लेखकः लुमा निधि पाण्डे, वरिष्ट वैज्ञानिक, नार्क
====================================
नेपालमा पालिने बाख्राका प्रमुखजात हरुः
क० स्वदेशी जात हरुः च्याङ्ग्रा, सिन्हाल, खरी र तराइ बाख्रा ।
ख० विदेशी जातहरुः जमुनापारी, बारबरी र बोयर ।
१। च्याङ्ग्राः यो जातको बाख्रा नेपालको हिमालय शृंखलाको पछाडी पट्टि सुख्खा चिसो बढी हावा चल्ने अर्धमरुभुमी जस्तो ठण्डा र ९००० फिट भन्दा माथिको भेगमा मासु तथा पश्मिनाको उत्पादन लागि पालिने गरिन्छ । यी बाख्राको रौँ भित्र हुने मसिनो भुवादार चिजलाई नै पश्मिना भनिन्छ । गुठिचौर भेडा बाख्रा अनुसन्धान कार्यक्रमको एक रिपोर्ट अनुसार नेपालमा पालिने च्यांग्राको बार्षिक पश्मिना उत्पादन क्षमता औसतमा बयस्क भालेको २५० ग्राम र बयस्क पोथिको १५६।५ ग्राम पाइएको छ ।
२। सिन्हाल बाख्रा स् यो जातको बाख्रा नेपालको उच्च पहाड तथा पर्वतीय क्षेत्रमा ९ १५०० देखि २००० मिटरको उचाई ० घुम्ती गोठ प्रणालीमा पालिन्छ । यो जात बाट प्रति बर्ष २०० ग्राम खस्रो रौँ उत्पादन हुन्छ जसबाट नाम्लो, फेरुवा, डोरी, पाल आदि बनाइन्छ।
३। खरी बाख्रा स् मध्य पहाड वा १००० देखि ७००० फिट सम्ममा हुने यस जातको बाख्रा स्थानिय हवापानीमा राम्रो संग फस्टाउन सक्छ। सामान्यतया एउटा बाख्रिले एक पटकमा २ वटासम्म बच्चा पाउने र दुबैलाई हुर्काउन सक्ने, दुई बर्समा ३ पटक सम्म ब्याउन सक्ने, पाठापाठी मृत्युदर पनि कम हुने जस्ता विशेषता खरी बाख्रामा पाइन्छ । स्थानिय बाख्राहरुमध्ये खरी बाख्राले करिब ५६ ५ भाग ओगटेको छ ।
४। तराई बाख्रा स् नेपालको तराई क्षेत्रमा ९१००० फिट भन्दा कम उचाइ भएको क्षेत्र० पाइने बाख्रालाई तराई बाख्रा भन्ने गरिन्छ । तराई क्षेत्रमा पाइने घास, डालेघास , पराल, छ्वाली, कुनौरो आदिको उपयोगबाट यो जातको बाख्रा फस्टाउन सक्छ । यो जातको बाख्रा विभिन्न रंगका हुन्छन । प्राय यी बाख्रा खैरो शरीरमा सेतो धर्सो भएका हुन्छन।
५। जमुनापारी स् सुगानाके र झुण्डिएको लामा कानहरु भएको यो बाख्रा भारतबाट ल्याई नेपालको तराई र मध्य पहाडी क्षेत्रमा सजिलैसँग पाल्न सकिन्छ ।
६। बारबारीस् पूर्वी अफ्रिकाको बेरबेरा शहरमा उत्पत्ति भई भारत हुँदै नेपालको तराई र मध्य पहाडमा यो जातको बाख्रा पाल्ने गरिन्छ । यो जातको बाख्रा हेर्दा मृग जस्तो देखिन्छ ।
७। बोयरस्दक्षिणी अफ्रिकाबाट उत्पत्ति भएको बोयर बाख्रा ठूलो शरीर भएको र छिटो छिटो बढ्ने खालको हुन्छ । यो बाख्राको संख्या हाल नेपालमा पनि बढ्दै गइरहेको छ ।
खोर व्यवस्थापन
चिसो हावापानी भएको पहाडी भेगमा खोर बनाउँदा दक्षिण–पूर्व मोहडा र भित्री मधेश, तराई तथा तातो हावापानी हुने क्षेत्रहरुमा खोर बनाउँदा उत्तर–पश्चिम मोहडा पर्ने गरी निर्माण गर्नुपर्दछ । टाँडमुनि थुप्रिएको बड्कौलालाई निकाल्न, खोर सफा गर्न तथा जीवाणुको प्रकोपबाट बाख्रालाई जोगाउन बाख्राको खोर जमीनबाट करीब ३ फिट जतिको उचाइमा बनाउनुपर्दछ ।
खोरको क्षेत्रफल
अवस्था अनुसार बाख्राको खोर यस प्रकार बनाउनु राम्रो मानिन्छ ।
बाख्राको अवस्था प्रति बाख्रा (वर्ग मिटर)
प्रजननयोग्य बोका २.५
ब्याउने बाख्री १.५
वयस्क बाख्री १.०
पाठापाठी ०.४
प्रजनन व्यवस्थापन
बाख्रा प्रजननमा ध्यान दिनुपर्ने प्रमुख कुराहरु निम्नानुसार छन्ः
प्रति ३० वटा बाख्राको लागि एउटा बोका चाहिन्छ ।
यस्ता बोका बथानमा सबैभन्दा ठूलो र बढी तौलको हुनुपर्दछ ।
प्रजननको लागि बाख्रा छनौट गर्दा जुम्ल्याहाबाट छनौट गर्नु राम्रो मानिन्छ ।
प्रजननको बोकालाई साधारणतया १ वर्षदेखि ५ वर्षको उमेरसम्म प्रजननको लागि उपयोग गर्न सकिन्छ । तर हाडनाता प्रजनन भने हुन दिनु हुँदैन ।
प्रत्येक १८ महिनामा बोका फेदा हाडनाताबीच हुने प्रजनन हुन पाउँदैन ।
शुरुमा पाठीलाई बोका लगाउने उमेर तराई र पहाडमा १० महिना तथा उच्च पहाडमा १३ महिना हुनु पर्दछ ।
बोका खोजेको १८ घण्टाभित्र प्रजनन गराउँदा राम्रो हुन्छ । बाख्रीले बोका खोज्ने बेला हुँदा बढी बेचैन हुने, कराउने, पुच्छर हल्लाउने, राम्ररी घाँस–दाना नखाने, दूध उत्पादन घटने, सुत ९ख्गखिब० रातो हुने, सुन्निने, बोका बाख्री माथि चड्ने आदि लक्षणहरु देखाउँदछ ।
बाख्रा ब्याएको २–३ महिनाको अवधिमा पुनः बोका लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा २ वर्षमा ३ पटकसम्म बाली लिन सकिन्छ ।
दाना व्यवस्थापन
बाख्रापालन गर्दा बाख्रालाई खुराकमा घाँसपातसँगै दाना दिंदा बाख्रा व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ । गाउँघरमा सजिलैसँग बनाउन सकिने दानाको समिश्रण यस प्रकार छः
मकै, गहुँ, जौ ७२ प्रतिशत
पिना, दाल, गेडागुडी २५ प्रतिशत
नून १ प्रतिशत
खनिज मिश्रण २ प्रतिशत
जम्मा १०० प्रतिशत
दानाको मात्राः ठूलो बाख्रालाई दैनिक २०० देखि २५० ग्राम (५ मुठी) र सानो पाठापाठीलाई ५० देखि ७५ ग्राम (२–३ मुठी) यसरी तयार गरेको दाना दिनुपर्दछ ।
पानीको मात्राः एउटा २० के.जी. तौल जतिको स्वस्थ बाख्राले १ दिनमा ४५० देखि ६८० मिलीलिटर स्वच्छ पानी पिउँदा राम्रो हुन्छ ।
स्वास्थ्य व्यवस्थापन
सामान्यतया बाख्रालाई स्वस्थ राख्न सबै थरिको उपायहरु अपनाउनु पर्दछ । एउटा वयस्क बाख्राको शारीरिक तापक्रम १०३ डिग्री फरेनहाइट, नाडीको गति ६८ देखि ९० पटक प्रति मिनेट र श्वास–प्रशवास दर १० देखि २० पटक प्रतिमिनेट छ भने बाख्रा पूर्णत ः स्वस्थ छ भनी थाहा पाउन सकिन्छ ।
बाख्रामा देखिने प्रमुख रोगहरु
पी.पी.आर.
यो भेंडाबाख्रामा महामारीको रुपमा भाइरसबाट फैलिने सरुवारोग हो । यसलाई बाख्राको हैजा पनि भनिन्छ । यो रोग लागेपछि बाख्रामा अत्यधिक ज्वरो आउने (१०५ देखि १०६ डिग्री फरेनहाइट), टाउको सुन्निने, मुखमा घाउ आउने, आँखाबाट कचेरा निस्कने, खान मन नलाग्ने, नाकबाट सिंगान बग्ने र छेर्ने आदि लक्षणहरु देखा पर्दछ र अन्ततः बाख्रा मर्दछ । रोग लागेको बाख्रालाई लक्षण अनुसारको उपचार गर्नुपर्दछ तथा पी.पी.आर. विरुद्धको खोप १ मिलीलिटर प्रति बाख्राको दरले लगाउनुपर्दछ ।
महला
यो पनि बाख्रामा भाइरसबाट लाग्ने सरुवा रोग हो र यो रोग लागेमा बाख्राको ओठ र मुखमा खटिरा र घाउ आउने, पशुले खान वा चर्न छोड्ने आदि लक्षण देखा पर्दछ तथा यो रोग ३ हप्ता सम्ममा आफै निको हुने हुन्छ । यो रोगले वयस्क बाख्रालाई भन्दा स–साना पाठापाठीहरुलाई बढी असर गर्दछ ।
उपचारको रुपमा मुखको घाउलाई फिटकिरी पानीले सफा गरी ज्ष्mबह मलम लगाउनु पर्दछ ।
न्युमोनिया
बाख्राको फोक्सोमा संक्रमण भई श्वास फेर्न अप्ठयारो हुने अवस्थालाई न्युमोनियम भनिन्छ । प्रतिकुल चिसो मौसममा पाठापाठीमा यो रोग बढी देखा पर्दछ । श्वास–प्रश्वासमा अवरोध आउने, नाकबाट सिंगान निस्कने, खोक्ने जस्ता लक्षणहरु न्युमोनियामा हुने गर्दछ ।
उपचारको रुपमा रोगी पशुलाई न्यानो र सुख्खा ठाउँमा राखी ब्खष् िक्ष्लवभअतष्यल लगाउने र ब्लतष्दष्यतष्अ तथा ऋबायिल उयधमभच खुवाउनु पर्दछ ।
पेट ढाडिने
प्रायः गरी बाख्राले मकै वा अन्य अन्न, डालेघाँस वा कोसेघाँस बढी खाँदा पचाउने क्रममा बढी हावा वा फिंज निस्कने भई बाख्राको पेट ढाडिने गर्दछ ।
यस्तो अवस्थामा अफानिल, टिम्पोल आदि औषधी बाख्रालाई खुवाउनु पर्दछ र देब्रे पेट ९च्गmभल० मा ट्रोकर क्यानुला, वा मोटो सुईले घोपेर हावा वाहिर निकाल्नुपर्दछ । तारपीनको तेल वा तोरीको तेल १५ देखि ३० मिलीलिटर जति पेट ढाडिएको पशुलाई खुवाउने ।
पेटको जुका
बाख्राको पेट वा आन्द्रामा जुका छ भने बाख्राको च्यापु सुन्निने, दुब्लाउने, छेर्ने आदि जस्ता लक्षणहरु देखिन्छन् । यसको लागि रोगी पशुलाई जेठ महिना देखि असोज महिना सम्म प्रत्येक महिनामा एक एक पटक ँभलदभलमबशयभि ९छmनरपनद्यध्० वा ब्दिभलमबशयभि ९ठ।छmनरपनद्यध्० औषधी खुवाउनु पर्दछ ।
नाम्ले÷माटे रोग
यो रोग नाम्ले जुकाको कारणले हुने भएकोले बाख्राको कलेजोलाई असर गर्दछ र पाचनक्रियामा असर पुगी पशुको च्यापु सुन्निने, घाँसपात कम खाने र पशु दुब्लाउँदै जाने हुन्छ ।
उपचारको रुपमा पशलाई इहथअयिशबलष्मभ औषधी १० ग्राम प्रतिकिलो ग्रामको दरले तथा भिटामिन बी कम्प्लेक्स औषधी निश्चित मात्रामा खुवाउनु पर्दछ ।
लूतो
लूतो बाख्रामा लाग्ने छालासम्बन्धी रोग हो । बाख्रालाई लूतो वा छालामा देखिने घाउहरु भएमा त्ष्अप(यगत वा ल्यतष्ह वा ऋथउभचmभतजचष्ल घछ५ २ मिलीलिटर एक लिटर पानीमा घोली शरीरमा लगाउनु पर्दछ । यसको सट्टा १ मिलीलिटर क्ष्खभचmभअतष्ल ष्लवभअतष्यल ५० किलोग्राम तौलको अनुपातमा लगाउनु पर्दछ ।
बाख्रापालन गर्दा स्वास्थ्य व्यवस्थापनको लागि ध्यान दिनुपर्ने कुराहरु
बाख्रा किनेर ल्याउँदा सकेसम्म राम्रो फार्मबाट वा खोप लगाएको फार्मबाट किनेर ल्याउनुपर्दछ ।
बजारबाट बाख्रा ल्याउँदा पी.पी.आर. विरुद्धको खोप र जुका विरुद्धको औषधी प्रयोग गर्नु पर्दछ ।
बाख्रासँगसँगै अन्य जनावर, जस्तै ः कुकुर पालिने गरिएको छ भने कुकुरलाई रेबिज विरुद्धको खोप र जुका विरुद्धको औषधी समय समयमा लगाउनुपर्दछ ।
खोर र बाख्रा बस्ने ठाउँ हावा पस्ने तथा सुख्खा र न्यानो हुनुपर्दछ ।
जैविक सुरक्षाको विधिहरु राम्ररी अपनाउनु पर्दछ ।
बिरामी पशुलाई अलग्गै राखी पशु प्राविधिकको सहायताले उपचार गर्नु पर्दछ ।
समय–समयमा खोरभित्र म्ष्कष्लाभअतबलत वा एजभलथ िछर्कने गर्नु पर्दछ ।
पाठापाठी मृत्युदर कम गर्न हाडनाता नपर्ने गरी प्रजनन गराउनु पर्दछ ।