इमेल खवर ,काठमाडौं फागुन १९– विश्व कीर्तिमान बनाउने उदेश्यले शनिबार लाखौ मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेतादेखि पत्रकार हुँदै सबै पेसा व्यवसायका नेपाली नागरिक सहभागी थिए ।
डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेको पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले जनाएका छन । ‘धेरै मान्छे एक ठाउ जुटेर एकसाथ पढेको’ रेकर्ड राख्न यो आयोजना गरिएको हो । भारतका नाममा रहेको रेकर्ड खोस्ने ठानिएको यो पहललाई गिनिज बुकले मान्यता दिन भने बाँकी नै छ ।
‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर यो रेकर्ड बनाएको थियो ।
तस्वीर–ज्ञानमणि नेपाल कालोटोपी