रुकुममा बल्न थाल्यो रुखबाटै बिजुली !

रुकुम – रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका हुन् ।

रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको बिद्यार्थी जयवहादुर नाथले बताए । अघिल्लो वर्ष स्याउ र आलुबाट विद्युत निकालिएकामा यो वर्ष रुखबाट विद्युत निकालिएको हो । उनका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत निकालियो । फलफुलबाट विद्युत निकाल्न सकिन्छ भन्ने सुनेका यस प्रालिमा अध्यनरत अघिल्लो व्याचका विद्यार्थीहरुले तामा र फलामकै प्रयोग गरेर यस अघि पनि आलु र स्याउबाट विद्युत निकालेका थिए । तर रुखबाट विद्युत निकाल्न सकिने कुरा कतैपनि नसुनेका विद्यार्थीले परिक्षण गर्दै जाँदा विद्युत निकाल्न सफल भएका हुन् ।

प्रालिका कार्यकारी निर्देशक भुवन नाथ जलनले बताए । ‘हामीले जंगलमा गएर धेरै रुखमा परिक्षण ग¥यौं, उनले भने, विभिन्न १० ओटा भन्दा बढी रुखबाट बिद्युत निकाल्न सकिएन, तर अन्तिममा गुनामौराको रुख र उक्त रुखमा बेरिएको लहराबाट विद्युत उत्पादन भयो ।’

नयाँपत्रिकाबाट