मन्त्रिपरिषद विस्तारका लागि ओलीले गरेको अनुरोध प्रचण्डद्धारा अस्विकार

फागुन ७, काठमाडौं – मन्त्रिपरिषद विस्तारका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले अस्वीकार गरेका छन् । भक्तपुर सानोठिमीस्थित दुर्गा प्रसाईको निवासमा आइतबार भएको दुवै नेता बीच करिब पाँच घन्टा लामो म्याराथुन बैठकमा प्रधानमन्त्री ओलीको सो प्रस्तावलाई दाहालले अस्वीकार गरेका हुन् ।

दुई नेता बीच मन्त्रिपरिषद विस्तारबारे सहमति हुन नसकेपछि आइतबार पनि पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन । दुई नेताबीच मन्त्रिपरिषद विस्तारबारे सहमति हुन नसकेपछि आइतबार पनि पार्टी एकता संयोजन समितिको बैठक बसेन । दुई नेता बीचको बैठकमा दाहालले सरकार गठन र पार्टी एकताबारे प्याकेजमै सहमति गर्न अडान लिएको स्रोतहरुले जनाएका छन् । ‘पार्टी एकता सहित सरकारमा पदहरुको बाँडफाँट विषयमा प्याकेजमा सहमति नहुन्जेल सम्म हामी सरकारलाई बाहिरबाटै समर्थन गर्छौं,’ पछिल्लो घटनाक्रमबारे जानकार एक माओवादी नेताले भने । सरकारमा सहभागी नभएमा एकताका लागि दबाब बढ्ने माओवादी विश्वास छ ।
नागरिकबाट