मेक्सिकोमा भुकम्प जांच गर्न जादा १४ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

फागुन, ६ काठमाडौं—भुकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्न हिडेका मेक्सिकोका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना हुदा १४ जनाको मृत्यु भएकोछ । भुकम्पको इपिसेन्ट ओक्साआकाको नजिकै पर्ने सान्टिआगोमा वतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको थियो । तर, त्यति ठुलो दुर्घटनामा पनि आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गर्भनर सुुरक्षित छन् ।
पाइलटले नियन्त्रणग गुमाएपछि दुर्घटना भएको जानकारी आन्तरिक मामिला मन्त्रीले दिएका छन् । उनका अनुसार ६ महिनाको बच्चा सहित १४ जनाको मुत्य भएको बताएका छन् । शुक्रबार मेक्सिकोको ओक्साआकामा ७ दशमलब द्द रेक्टर स्केलको भुकम्प गएको थियो ।