प्रकृती दाहाल
काठमाडौं—कार्यक्रम चलिरहेको थियो । दर्शकहरु प्रमुख अतिथिको प्रतिक्षामा थिए । झन्डै सय वर्ष उमेर पुग्न आटेका राष्ट्रकवि माधव प्रसाद घिमिरेको सिर्जना सुनेर नतमस्तक हुने दर्शक थिएनै । तर, त्यसमा पनि उनको उमेर अनुसारका शारिरीक अवस्था नजीकबाट नियाल्न दर्शकहरु रुचि राखेका थिए । निर्धारित समय भन्दा आधी घन्टा ढिलो कार्यक्रम स्थल आएका राष्ट्रकविको हातमा लट्ठी थियो । उनलाई बुढेसकालको साहार छोराले समाउदै मञ्च सम्म पुराए । थरथराउदो शरिर । मोटोपावरवाला चस्मा सार्दै राष्ट्रकवि दर्शकलाई मन्दमुस्कान छर्दै हेर्छन । अनि विनम्रतापुर्वक नमस्कार गरेर मञ्चमा आशीन हुन्छन् ।
राष्ट्रकविको यो दृश्य हालै राजधानीमा संगीतकार सन्तोष श्रेष्ठको एल्बम सार्वजनिक कार्यक्रममा देखिएको हो । एल्बममा आफ्नै गीतको म्युजिक भिडियो समेत देखेर राष्ट्र कवि उत्साहित देखिन्थे । उनले पहिलो पटक भिडियोमा अभिनय गरेको अनुभव पनि सुनाए । उमेरले डाडो काटेपनि उनी भावनात्मक रुपमा तन्दुरुस्त देखिन्छन् । यसको सावीत उनी आफै गर्छन् । कार्यक्रममा उनको स्वास्थ्यमा ध्यान राखेर कम बोल्न आयोजकले भनेपनि उनी चाहि बोल्न रोकिदैनन । एल्बम बिमोचनपछि राष्ट्रकविले आफुलाई चिसो लागेको बताए । तर, पनि बोलेर दर्शकको मन जिते । लगातार खोकी रहेका उनको बोली अन्दाजमा बुझ्नु पर्ने बाध्यता थियो । प्रस्ट शब्द उच्चारण गर्न उनलाई गाह्रो परेको थियो ।
‘गीत लेख्दैमा गीतकार हुदैन’, उनी सिर्जना बारे भन्दै थिए, ‘कविता लेख्दैमा कबि हुदैन, त्यसमा आफनोपन हुनुपर्दछ । आखा बोलिरहेका हुन्छन तर ती आखामा बोलेका भावहरुलाइ टिपेर राख्न सकियो भने बल्ल त्यो गीत हुन्छ ।’ उनले बोलेका हरेक वाणी मन छुने थिए । यसै क्रममा उनले एउटा भावना पोखे जुन अत्यन्त राष्ट्रभक्ति र संवेदनशील थियो । सेत्तै फुलेका राष्ट्रकविले आफु कहिले सम्म बाचुला र भन्दै अर्को जुनि पाए भने नेपालमै पुन जन्म लिन पाउने इच्छा व्यक्त गरेका थिए ।
‘यहाको माटोमा मिठो सुवाष छ’, उनले भने, ‘अर्को जुनी पाए भने नेपालमै फेरि जन्म लिन पाऊ।’