उपप्रधानमन्त्री गाेपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित

 
मंसिर २७, काठमाडौं – सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् ।

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । श्रेष्ठ ३१ हजार ४ सय ३६ मतमा रोकिएर पराजित भए ।
योसँगै स्याङजाको सबै स्थानको नतिजा बाहिरिएको छ । प्रतिनिधिसभाको दुवै क्षेत्रमा एमालेकाे पल्लाभारी भएकाे छ ।