निर्वाचन आयोगले लिएन विदेशी अनुदान

मंसिर २, काठमाडौ — निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको थियो । आयोगले अति संवेदनशील र संवेदनशील निर्वाचन सामग्री विदेशीबाट नलिने सैद्धान्तिक सहमति गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विदेशी दातृनिकाय र नियोगबाट अनुदान नलिएको हो । आन्तरिक स्रोतबाट जुटाउने सकिने निर्वाचन सामग्रीमा वैदेशिक सहायता नलिने आयोगको सैद्धान्तिक सहमतिपछि आफैले खरिद गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।