ललितपुर औद्योगीक क्षेत्रमा मंगलबार लागेको आगलागी १६ घन्टा पनि नियन्त्रण

 

तस्वीर: सौजन्य  (रवि महर्जन सेतोपाटीबाट)
ललितपुर(इमेलखबर)—ललितपुरको पाटन औद्योगीक क्षेत्रमा मंगलबार सांझ साढे ६ बजेदेखि लागेको १६ घन्टा पछि नियन्त्रणमा आएकोछ । यति धेरै लामो समय सम्म आगो नियन्त्रण गर्न नसक्नुको कारण खुलाउदै ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बुधबार खुलाए ।
उनका अनुसार आनन्द प्लाष्टिक उद्योगको पर्खाल धेरै अग्लो भएकाले आगो निभाउन केहि गाह्रो भएको र यसले अरु उद्योगलाई भने खासै असर नगरेको बताए । उनले आगो निभाउन निकै स्रोत प्रयोग गर्नु परेको सुनाए । भक्तपुर, ललितपुर र काठमाडौंको समेत दमकल प्रयोग भएको । साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेत खटिएका थिए । आगलागीले करोडौं क्षति भएको महर्जनले बताएका छन् ।