प्रकृती दाहाल-
पछिल्लो समय नेपाली फिल्मको लोकप्रियता बढ्दो छ । अहिले स्वेता खड्काद्धारा निर्मित ‘कान्छी’ फिल्मर्कोे चरी चट्ट परि’ बोलको गीतदर्शकहरुले निकै रुचाएका छन । यसै गीतमार्फत देखिएकी छन, तेस्रो लिङ्गी कलाकार भुुमिका श्रेष्ठ । तेस्रो लिङ्गी हुुनुुको अनुुभव, समाजले गर्ने व्यवहार र उनको फिल्मी अनुभव बारे इमेलखबर संग गरिएको अन्तर संवाद यस्तो छ ।
अहिले सम्म कतिवटा फिल्म खेल्नु भयो ?
मैले पहिलो दयाहाङसग ‘हाइवे’ फिल्म खेलेकी थिए । त्यसमा मैले तेस्रो लिङ्गी कै अभिनय गरेको थिए । अहिले चाहि कान्छी फिल्म लिएर आउदैछुु ।
‘कान्छी’ फिल्ममा कस्तो भुमिकामा देखिदै हुनुहुन्छ ?
मैले यो फिल्ममा हिरोइन स्वेता खड्काको मिल्ने साथीको भुमिकामा देखिएकी छु । जसमा उनको हरके दुख र सुखको भावना साट्ने सह मित्र बनेकी छु ।
‘कान्छी’ फिल्मको गीतले चर्चा बटुले संगै तपाईले कस्तो प्रतिक्रिया पाउनु भएको छ नि ?
सबै दर्शकहरुलाई मेरो सौन्र्दयले मन छोएछ । सारै राम्री देखिएकी छौं भनेर प्रतिक्रिया दिनुहुन्छ । सुन्दा आननद लाग्छ ।
अरु फिल्म खेल्ने प्रस्ताव पनि आउन थालेका होलान नि ?
फिल्म खेल्नकै लागि खासै प्रस्ताव आएका छैनन् । तर, यदि म सुहाउदो पात्रको अभिनय गर्ने प्रस्ताव आए म तयार छु ।
तेस्रो लिङ्गी हुदा कस्तो लाग्छ ?
मेरो पहिचान नै तेस्रो लिङ्गी हो । आफ्नो अस्तीत्वमा पक्कै पनि गर्भ लाग्छ । तर अझै समाजले हामीलाई स्वीकार गर्न सकेको छैन । कतिपय स्थानमा हासोको पात्रको रुपमा लिने गरिन्छ । त्यसबेला समाजको सोच प्रति दया लागेर आउछ ।
तेस्रो लिङ्गी भएको कारणले विभेद भोग्न परेको छ ?
मैले त खासै विभेद भोग्नुु परेको छैन । तर, म जस्ता कतिपय साथीहरुले अझै विभेद भोग्न बाध्य हुुनुुहुुन्छ ।
हामीले समाजबाट पनि सम्मान इज्जत खोजिरहेका छौ । यसको लागि पछिल्लो समय हामीले सडक देखि सदन सम्मआवाज उठाईरहेका छौ ।
अन्त्यमा तपाई अभिनित चलचित्र कान्छी कहिले सम्म हेर्न पाउछन त दर्शकले ?
सुुटिङको सबै काम सकिएको छ । फिल्म माघ २६ गते रिलिज हुुदैछ ।