मतदातालाई भड्किन नदिँन धनगढीमा घर किन्दै आरजु देउवा

कात्तिक २३, काठमाडौं –  कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि बिपक्षीले पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन्।
३ करोड मुुल्य तोकिएको उत घरमा उनले घरको लागि बैना रकम दिएर उनी बस्नसमेत थालिसकेकी छन ।
उनले धनगढी ४ उत्तरबेहेडीमा शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्ने तयारीमा रहेकी हुन ्।
पर्यटक उम्मेद्वार भनेर विपक्षीले चर्को नारा नगाएपछि मतदातालाई भड्किन नदिँन उनले धनगढीमा घर किन्ने निर्णय गरेकी हुन ।
बिपक्षीको आरोपबारे उनले भनिन ‘म २५ वर्षदेखि यहाँ आइरहेको छु । म कसरी पर्यटक भएँ, नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन्।

३ कठ्ठा ३ धुर जमिनमा ६५ वर्ग्फिटमा  घर रहेको छ । अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । ३ करोडमा घर किन्ने कुरो भएको बुझिएको छ । बैना गरेको लगायतका कागजपत्र लगेर घर किन्नका लागि सेन्चुरी बैंकमा आरजुले कुरो चलाएको स्रोतले बताएको छ । यसअघि दोस्रो संविधानसभामा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडेको धनगढी उपमहानगरपालिका रहेको कैलाली ५ मा कांग्रेसबाट आरजु चुनावी मैदानमा छन् । स्थानीय जनताको पहुँच नहुने पर्यटक उम्मेदवार भन्दै विपक्षीले चर्को चुनावी मुद्दा उठाएका छन् ।