किसान र उपभोक्ताको स्वास्थ्य सुरक्षाको माग

इमेलखवर, भदौ–३
कुखुरा व्यवसायी किसान र व्यवसायी दुवै पक्षलाई तालमेल मिलाउादै बर्ड फ्लुको समस्या तथा फैलाहवट रोक्न युवा किसान संघले सरकारसंग माग  गरेको छ । एक प्रेस विज्ञप्ति मर्फत संघले आम किसान तथा व्यवसायी दुवैलाई मार नपर्ने गरि समास्याको हल गर्न सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । रोगी कुखुरा र अन्य पंक्षीहरुलाई सुरक्षित रुपमा नष्ट गर्नु पर्ने, जथाभावी फाल्ने, पुर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनु पर्नेमा पनि संघले जोड दिएको छ ।
वर्ड फ्लू नियन्त्रण गर्ने क्रममा किसानमा परेको आर्थिक नोक्सानीको क्षतिपुर्ती समेत सरकारले व्यवस्था गर्नु पर्ने माग गर्दै सघंले विज्ञप्ति मार्फत भनेको छ, वर्ड फ्लू रोगबाट किसानमा पुगेको क्षती मुल्यांकन गरी क्षति बराबरको रकम तत्काल उबलब्ध गराइयोस् रोग लागेर र रोग नियन्त्रणको क्रममा भएको र हुन सक्ने क्षतिको बास्तविक तथ्यांक संकलन गरी क्षति भए बराबरको क्षतिपुर्ति किसानहरुलाई उपलब्ध गराइयोस् ।
वर्ड फ्लूको मारमा परेका किसानहरुको लागि पुन: व्यवसाय सञ्चालन गर्नका लागि निश्चित अनुदान एवं ऋणको ब्याज मिनाहाको व्यवश्था गर्न र मासुजन्य उद्योगलाई संरक्षित उद्योगको मान्यता प्रदान गर्न समेत माग गरेको छ । आफुहरुको मागलाई सरकारले बेवास्ता गरे त्यो महंगो हुनसक्ने संघले चेतावनी समेत दिएको छ ।