बाम गठबन्धनको घोषणापत्र आज सार्वजनिक हुदैं

 

कात्तिक २१ ,काठमाडौं – नेकपा एमाले नेतृत्वको बाम गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्र आज मंगलबार सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो १ बजे काठमाडौंको तिनकुनेमा रहेको रोयल व्याङकेटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयकी कार्यबाहक सचिव मीना ज्ञवालीले जानकारी दिएकी छिन ।
नेपाल समाचारपत्रबाट