बाढीको प्रभावले धान उत्पादन घट्दैन

इमेलखबर
काठमाडौं—अन्न उत्पादनको क्षेत्र तराई हो । यहा बर्षेनि आइपर्ने बाढि विपतले धान उत्पादनमा समस्या आउने चिन्ता बढ्दो थियो । तर, अहिले भने त्यसमा खासै फरक नपरेको कृषि मन्त्रालयले जनाएकोछ । तराईमा बाढि गएपनि धान उत्पादनमा कमि नआउने मन्त्रालयले बताएकोछ ।
विश्व बैक र एसियाली विकास बैंकले धान उत्पादन घट्न गई आर्थिक वृद्धिदरमा कमि आउने आशंका गरिएको थियो । बाढीले २५ हजार हेक्टर क्षेत्रफलमा प्रभाव पारेको भएपनि उत्पादन भने सोचे भन्दा राम्रो हुने मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका अनुसार आर्थिक वर्षमा १५ लाख २५ हजार क्षेत्रफलमा १ खर्ब ४ अर्ब रुपैया बराबरको ५२ ला ३२ हजार मेट्रिक टन धान उत्पादन भएको उल्लेख छ ।