कार्तिक १४, काठमाडौं—केहि दिन यता देशका पुर्वी र मध्ये क्षेत्रको मौसममा बदलाव भएको छ । मौसमविद्का अनुसार पश्चिमी वायुले बंगाल खाडीबाटआउने मनसुनी वायुलाई विस्थापीत गर्न नसक्दा यस्तो मौसम देखा परेको हो ।
काठमाडौ लगायत देशका अन्य पुर्वी पहाडी भेगमा मंगलबार विहानै केहि वर्षा भएको र यस संगै चिसो पलाएको महशुस गर्न सकिन्छ ।
बुधबारसम्म पहाडी र हिमाली क्षेत्रमा मौसममा रुपान्तरण देखिने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएकोछ । यो अवस्था भने बिहिबार हटेर विहानैदेखि घाम लाग्ने सम्भावना रहेको पनि अनुमान लगाईएको छ ।