कार्तिक १२, काठमाडौं— सर्वोच्च अदालतले निर्वाचन आयोगलाई प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र तयार पार्नेबारे ध्यानार्कषण गराएको छ । कार्तिक १ गते गराएको जानकारी अनुसार निर्वाचन आयोगले उसै अनुरुप मतपत्र छाप्न लागेको हो । प्रतिनिधि सभाको माथि र प्रदेश सभाको तल हुने गरि दुई छाप लगाउन एउटै मनपत्र छाप्ने बारे निर्वाचन आयोगले तयारी गरेको थियो ।
तथापि राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले यसो हुनु गलत ठाने । उनले मतपत्र एउटै छाप्ने आयोगको तयारी विरुद्ध मानहानीको मुद्धा लगाएका थिए । यसै मुद्धाका आधारमा सर्वोच्चले मतपत्र छपाईको प्रगति विवरण बुझाउन आदेश समेत दिएको थियो ।