एआईजीले पैसा उठाउँदा गृह मन्त्रालयलाई ‘टेन्सन’

२२ असार, काठमाडौँ ।

अवकासको मुखैमा पुगेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठमाथि सशस्त्रका अधिकृतसँग लाखौं रकम असुली गरेको उजुरी परेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय विभागिय छानबिनलाई लिएर अप्ठेरोमा परेको छ ।

सशस्त्रको आइजीपी बन्ने, त्यसपछि रकम फिर्ता गर्ने र रकम लिएको गुण आईजीपी भएपछि तिर्ने भन्दै रकम लिएर एआईजी श्रेष्ठले फिर्ताका लागि चासो नदिएको भन्दै पीडितले उनीविरुद्ध उजुरी दायर गरेका छन् । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

तर, उजुरीउपर कारबाहीका लागि प्रक्रिया अघि बढाउँदादेखि किनारा लाग्दासम्म श्रेष्ठले एआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाइसक्ने भएकाले सशस्त्र मुख्यालय उजुरीमाथिको विभागीय छानबिनलाई लिएर अप्ठेरोमा परेको हो । एआईजी श्रेष्ठले आगामी १४ साउनमा अनिवार्य अवकाश पाउँदै छन् ।

स्रोतका अनुसार उनीमाथि तल्लो दर्जादेखि नायब महानिरीक्षक ९डीआईजी० सम्म रकम असुलेको आरोपसहितको उजुरी परेपछि विभागीय कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सशस्त्र मुख्यालयमा पटक पटक छलफल भएको छ । एआईजी श्रेष्ठले आफूहरुसँग रकम लिएको बेहोराको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा पनि परेको छ ।