माओवादी केन्द्रका सचिवालय सदस्य लोकेन्द्र विष्टले पार्टी छाडे

 

असोज २७, काठमाडौँ – माओवादी केन्द्रका सचिवालय सदस्य लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन्। बिहीबार कुरा गर्दै आफूले पार्टी छाडेको बताए । उनले भने, मैले पार्टी परित्‍याग गरिसके। अब पुनः पार्टीमा फर्किनेछैन । पूर्वपर्यटनमन्त्री समेत भइसकेका मगर कालो धानखेती समेत गरेर बसेका थिए । यस्तै त्‍यसअघि पनि पार्टीबाट राजीनामा दिइसकेका मगर पुन : पार्टीमा फर्किएका थिए।
अन्नपूर्णपोष्टबाट