२१ असार, धादिङ ।
अघिअघि एक हुल बाख्रा । पछिपछि काँधमा बाख्राका लागि स्याउला । एउटा मैले टिसर्ट र कट्टु लगाएर गोठालोबाट घर र्फकदै गरेका मध्यधादिङको नलाङ(६ बुङचुङका १२ वर्षीय रमेश अर्यालको दैनिकी अहिले बाख्रा चराएरै बित्ने गरेको छ ।
जन्मजात रुपमा उनको पिसाव नरोकिने समस्या आयो । सानो छँदा विद्यालयमा राखेपनि ठूलो भएपछि गन्हाउन थालेपछि स्थानीय नागेश्वरी प्राविले विद्यालयबाट निष्कासन गरेका कारण उनी गोठालो जान बाध्य छन् । आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ । बिहानै उठेपछि रमेश घाँस काट्न जान्छन । त्यसपछि साथीभाई विद्यालय गएको एकोहोरो हेरिरहन्छन् । आफूलाई विद्यालय जान मन लागे पनि विद्यालय ‘नआउनु’ भनेका कारण उनको पढ्ने आशा मरिसकेको छ । स्कुलले विद्यालयबाट पढ्न दिएन ।
उसलाई चकटी दिएर भएपनि छुट्टै बसेर पढ्ने व्यवस्था मिलाउन समेत आग्रह गर्दा पनि मानेन् । त्यसैले हामी गरिवले न्याय पाइएन रमेशका आमा निरु अर्यालले यो बताउँदै गर्दा छोराको उपचारको याचना गरिन् ।‘रमेशलाई विद्यालयले पढाउँदै आएको हो ठूलो भएपनि उसको दिसापिसाव गन्हाउन थाल्यो । विद्यार्थीले गुनासो गर्न थालेपछि अभिभावकको दबाबमा उनलार्ए विद्यालय नआउन भनिएको हो(तत्कालीन प्रधानाध्यापक शालिकराम अर्यालले बताए । अर्याल परिवारको जग्गाजमिन छैन । अर्काको घरमा बसेर मजदुरीको भरमा परिवार पालिरहेका छन् । रमेशको दिनचर्या बाख्रा चराउने र घाँस काट्ने हो भने आमा मजदुरी गरेर परिवार पालिरहेकी छिन् ।