आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

 

असोज २ , काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ ।
विभिन्न संसदीय समितिको प्रतिवेदनका साथ साथै अनियमिताको प्रमाणहरु भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो ।

बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे छलफल भएको थियो । ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले जानकारी गराए।