तीन तहको निर्वाचन पछि मुलुक समृद्धी तर्फ जाने–ओली

भदौ ३१, काठमाण्डौ–नेकपा एमालका अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक राजनीतिक स्थायित्वतर्फ लम्कने बताएका छन् ।

शनिवार इटहरी उपमहानगरपालिकाकोे नगरसभालाई सम्बोधन गर्दै ओलीले मंसिर १० र २१ गते प्रतिनिधिसभा र राज्यसभाको निर्वाचन सम्पन्न भएपछि मुलुक स्थायित्व र राजनीतिक स्थिरतातर्फ अघि बढ्ने वताएका हुन ।
स्थानीय, प्रदेश र संघको सरकार बनेपछि मात्र मुलुकले आर्थिक विकासमा गति लिने छ । ओलीले स्थानीय सरकारहरुले नै विकास र रोजगारीका लागि खाका कोर्नु पर्ने उल्लेख गरे ।