भदौ, ३० काठमाडौं — प्रदेश नम्बर २ मा असोज २ गते हुने मा तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘ मौन अवधि’ शुक्रबार राति १२ बजेबाट लागु हुने भएको छ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार आजराति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई असर गर्ने खालका कुुनै पनि कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।
मौन अवधि सुरु भएपछि दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने , निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ(आफ्ना निर्वाचन चिहृन तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्ने, आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिहृन अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न नपाइने वा प्रदर्शन गर्न पनि रोक
लगाएको छ ।
मौन अवधि सञ्चारमाध्यमहरुले समेत उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशत प्रसारण गर्न नपाउने आयोगको सूचनामा उल्लेख गरिएको छ ।