दल दर्ताको निबेदनमाथि आयोगको छानबिन सुरु

भदौ २०, काठमाडौं — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागि दल दर्ताको निबेदनमाथि आयोगको छानबिन सुुरु गरेको छ । चुनावमा भाग लिन योग्य दलहरुको सूची एक दुइ दिनमै सार्वजनिक गरिने आयोगले जनाएको छ ।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ९५ राजनीतिक दलहरुले दर्ताको निवेदन दिएका छन् । निवेदन माथि जाचबुझ भइरहेको र एक दुइ भित्रै दलहरुको सूची सार्वजनिक गरिने भएको छ ।

चुनावमा भाग लिन योग्य दलहरुको सूची बनेपछि उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ ।