दशैंका लागि भदौ २२ बाट टिकट बुकिङ हुने

 
भदौ १६, काठमाडौं-  दशैंका लागि राजधानी बाहिर जाने यात्रीहरुका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ बुकिङ हुने भएको  छ ।
शुत्रबार  यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीच भएको छलफलमा २२ भदौदेखि बुकिङ खोल्नका लागी व्यवसायी सहमत भएका हुन् ।
सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ ।