मुक्त कमलरीहरुलाई परिचय पत्र वितरण सुरु

शुक्रबार बर्दियाका मुक्तकमलरीलाई भुमी सुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पहिचानसहितको परिचयपत्र वितरणको वितरण गरेका छन्।
२०७० साल असार १३ गते मुक्त घोषित जिल्लाका २९ जनालाई परिचयपत्र वितरणको शुभाराम्भ गरेका हुन् ।
उनले तत्कालीन सरकारले मुक्त घोषणा गरेपछि पहिलो प्राथमिकताअन्तर्गत पहिलो चरणको काम परिचयपत्र भएकोले वितरण कार्यको सुरुवात गरेको जनाए । जिल्लामा २ हजार ४ सय ९५ कमलरीलाई विभिन्न ठाउँबाट उद्दार गरिएको मुक्तकमलरी क्षेत्रमा काम गर्ने संस्था भेगका परियोजना अधिकृत जगतराम थारुले जनाए ।
तिमध्ये कक्षा १ देखि ८ सम्म १ सय ८९, कक्षा ९ देखि १२ सम्म १२ र सो भन्दा माथिल्लो कक्षामा १४ जना अध्ययनरत छन् ।

दाङ्ग, बा‘के, बर्दिया, कैलाली र कञ्चनपुरबाट मुलुकका विभिन्न ठाउँबाट हाल सम्म ९ हजार ४ सय ७५ जना कमलरीलाई मुक्त गरी उद्दार गरिसकिएको छ ।

भुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले मुक्त कमलरीलाई शुक्रबार बर्दियाको गुलरियामा परिचययपत्र वितरण गर्दै ।
शुक्रबार बर्दियाका मुक्तकमलरीलाई भुमी सुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पहिचानसहितको परिचयपत्र वितरणको वितरण गरेका छन्