स्नातक पहिलो वर्षको परीक्षा भदौ ३१ गते हुने

 

१३ भदौ, काठमाडौं । स्नातक पहिलो वर्षको परीक्षा भदौ ३१ गते हुने त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । मुस्लिमको महान चाड बकर इद १७ गते परेकाले परीक्षा सारिएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी गराएको छ ।यसअघि तरार्इमा आएको बाढी र डुवानका कारण परीक्षाा सारिएको थियो ।