भौगोलिक अवस्था र प्राविधिक कारणले निर्वाचन अर्को चरणमा हुनसक्ने प्रमुख आयुक्त यादवको भनाई

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने बताएका छन् ।

संविधानसभा निर्वाचनका बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिउँ परेको र अहिले पनि त्यो सम्भावना भएको भन्दै प्राकृतिक चुनौति आइपरे दोस्रो चरणमा जानैपने वाध्यता रहने वताएका छन ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले आफूहरुले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको स्मरण गरे हामीलाई निर्वाचनको तयारीको लागि पनि प्रयाप्त समय नदिइएको प्रमुखआयुुक्तको भनाई छ ।यादवले अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको बताए । दुई वटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा आफूहरु रहेको उनले स्पष्ट पारे ।
उनले राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउने गरी कानून निर्माण गरे तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने दावी गरे । तोकिएकै मितिमा निर्वाचन गर्ने गरी तयारीमा जुटेका वताएका छन ।