मंगलवार १२ जना राज्यमन्त्री चयन

 

भदौ ६, काठमाडौं — नेपाली कांग्रेसका तर्फवाट मंगलवार १२ जना राज्यमन्त्री चयन भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले ती राज्यमन्त्रीहरुलाइ आज नै पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो ।
उनीहरुलाई जिम्मेवारी सहित प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

कसलाई कुन जिम्मेवारी ?
१. शेषनाथ अधिकारी( शिक्षा राज्यमन्त्री
२. अब्दुल रज्जाक( खानेपानी तथा सरसफाइ राज्यमन्त्री
३.सरिता प्रसाईं( कृषि बिकास राज्यमन्त्री
४. अमरसिंह पुन( सिचाइ राज्यमन्त्री
५. तेजुलाल चौधरी( युवा तथा खेलकुद राज्यमन्त्री
६. दिलमान प्राखिन( कानुन राज्यमन्त्री
७तप्त बहादुर बिष्ट( सूचना तथा सञ्चार राज्यमन्त्री
८उदय शमशेर राणा( अर्थ राज्यमन्त्री
९.डिल्ली बहादुर चौधरी( श्रम तथा रोजगार राज्यमन्त्री
१०चम्पादेबी खड्का( सहकारी तथा गरिबि निवारण राज्यमन्त्री
११. सीता गुरुङ( भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
१२. नरबहादुर चन्द( वाणिज्य राज्यमन्त्री
२०७४ भदौ ६ गते १५स्४७ मा प्रकाशित