भदौ ६, काठमाडौं – वर्षेनी बर्खामा हुने जनधनको क्षति कम गर्न बाढी पहिरो नियन्त्रणको दीर्घकालिन कार्ययोजना बनाएर कार्यान्वयन गर्न विकास समितले आग्रह गरेको छ ।
व्यवस्थापिका संसदको विकास समितिले बाढी तथा डुबानका कारण बिग्रिएका संरचना तत्काल मर्मत गरेर जनजीवन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले सडक, पुल, जलविद्युत लगायतका संरचना मर्मतको लागि रकमको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ । बाढी र डुबानले पारेको प्रभाव र सेवा सञ्चालनको अवस्थाको स्थलगत अनुगमनका लागि संसदीय समिति पनि बनाउने भएको छ ।