माओवादी केन्द्रबाट ८ राज्यमन्त्री थपिए : को–को बने राज्यमन्त्री ?

 

भाद्र ५, काठमाडौं –   प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पुनः राज्यमन्त्रीहरू चयन गरेका छन् । माओवादी केन्द्रका ८ सांसदलाई देउवाले आइतबार राज्यमन्त्री चयन गरेका हुन् । २३ जेठमा निर्वाचित भएका देउवाले २४ जेठमा सात मन्त्री बनाएका थिए । ११ साउनमा १९ मन्त्री थपेपछि आइतबार ८ राज्यमन्त्री थपिएका हुन् । राज्यमन्त्री थपिएसँगै मन्त्रिमण्डल ३५ सदस्यीय भएको छ ।

को–को बने राज्यमन्त्री ?

मोहम्मद जाकिर हुसेन (महिला, बालिबालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास) राज्यमन्त्री बनेका छन् । त्यस्तै, गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पा (सामान्य प्रशासन) राज्यमन्त्री बनेका हुन् । सबै मन्त्रीले आइतबार नै प्रधानमन्त्रीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कांग्रेसबाट पर्सि

कांग्रेसबाट १० र फोरम लोकतान्त्रिकबाट ३ राज्यमन्त्री थप्दा मन्त्रिमण्डल ४८ सदस्यीय हुनेछ । प्रधानमन्त्रीसँग रहेका चारवटा मन्त्रालयमा पनि मन्त्री चयन गर्दा ५१ सदस्यीय मन्त्रिमण्डल बन्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार कांग्रेस र फोरम लोकतान्त्रिकबाट मंगलबार राज्यमन्त्री थपिने भएका छन् ।