अब जेल नबसी सर्वोच्च जान पाइने

 

भदौ १, काठमाडौं – उच्च अदालतबाट तीन वर्षभन्दा कम जेल सजाय तोकिएका कसुरदारले धरौटी राखेर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने भएका छन् ।

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले तीन वर्षभन्दा कम कैद सजाय पाएका कसुरदारले थुनामै बसेर मुद्दा दोहोर्याउन मागसहित निवेदन दिने व्यवस्थालाई खारेज गरिदिएपछि धरौटी राखेर कसुरदारलाई सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न पाउने भएका हुन् ।
यसअघि जिल्ला र उच्च अदालतको सुरु फैसलाले तीन वर्षभन्दा बढी कैद तोकिएका व्यक्तिहरुले थुनामा बसेर मात्रै मुद्दा दोहोर्याएर सुनुवाइ गर्न माग गर्न पाउने व्यवस्था थियो । तल्लो अदालतबाट तीन वर्षभन्दा बढी जेल सजाए भएका कसुरदारले भने थुनामा नबसी सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गर्न पाउने कानुनी व्यवस्था छ । आजको राजधानी दैनिकमा खबर छ ।