ममाथि महाभियोग लाग्नुको रहस्य यस्तो छ- सुशीला कार्की

 

साउन २६, काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूमाथि राजनीतिक दलले लगाएको महाभियोगबारे खुलासा गरेकी छन्। आजको नागरिक दैनिकमा दिएको अन्तर्वार्ताका क्रममा उनले यस्तो खुलासा गरेकी हुन्।

सुडान घोटाला काणडको फैसला रोक्नका लागि महाभियोग लगाएको हो। त्यस मुद्दामा बहस गर्ने केही वकिलसमेत त्यसमा लागेका थिए।
सबैभन्दा ठूलो मुद्दा चल्न नदिने खेल अदालतभित्रै हुन्छ। धेरै जना वकिल बस्ने, बेन्च रोज्ने, वकिलहरू बहस गर्न आउने लम्ब्याएको लम्ब्यायै गर्ने काम हुन्छ। सुडान काण्डमा पनि त्यही थियो।
ममाथि महाभियोग लगाएको दिनमै त्यो मुद्दा (फेवाताल अतिक्रमण) को पनि पेशी थियो। फेवातालको मुद्दामा बहस चल्दा चल्दै साढे चार बजेतिर मेरा स्वकीय सचिवले महाभियोग दर्ता भएको जानकारी गराउनुभयो। महाभियोग लागेपछि किन हेर्ने भनेर छाडेकी हुँ।