साउन १९ ,काठमाडौँ- सरकारले नेपाल प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले बढुवा समितिको सिफारिस अनुसार एआइजीमा बढुवा गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
एआइजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन । बढुवा समितिले असार ३० गते ११ डिआइजीलाई एआइजीमा सिफारिस गरेको थियो । वरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाललाई भने बढुवामा सिफारिस गरिएको थिएन ।
यसैविच मन्त्ररिषदले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले राजीनामा दिएपछि वाग्लेलाई नियुक्त गरेको हो ।