प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएन खाल्डा

 
साउन १६, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन । सडकका भ्वाङ झन्–झन् जोखिमपूर्ण बन्दै गइरहेका छन् ।

खाल्डा पर्नु जिम्मा पाएका सरकारी निकायले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस् , अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।

अहिले उपत्यकाका मुख्य सडकखण्डमा उस्तै जोखिमपूर्ण खाल्डा छन् । बितेका १५ दिनमा कतैकतै खाल्डा पर्नु काम सुरु भए पनि त्यो झारा टाने शैलीको देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय, खानेपानी तथा सरसफाई मन्त्रालयलगायत निकायले मिलेर काम नगरेकाले १५ दिनमा सबैतिरको खाल्डा पुरिनसकेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।