साउन १० ,काठमाडौं – अनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःख/हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।