दुई दिन देशका विभिन्न स्थानमा विद्युत कटौती

असार १७, काठमाण्डौ । विद्युत प्राधिकरणले आज र भोलि दुई दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने जनाएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पु¥याएकाले निर्माणकाक्रममा विद्युत् कटौती हुनसक्ने जनाइएको हो । तर, विद्युत कटौती आलोपालो हुने पनि प्राधिकरणले जनाएको छ । धादिङको कृष्णभीरनजिक पहिरोले दुईओटा टावरमा क्षति पु¥याउँदा करिब ९० मेगावाट विद्युत् आपूर्तिमा कमी हुने पनि प्राधिकरणको ग्रीड महाशाखाले जनाएको छ ।